Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारले ब्रह्मलुट गर्न भूमि अध्यादेश ल्यायो : झलनाथ खनाल

सरकारले ब्रह्मलुट गर्न भूमि अध्यादेश ल्यायो : झलनाथ खनाल

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका खनालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

उनले दुई तिहाई बहुमत हुँदा पनि वैज्ञानिक भूमिसुधारतर्फ ध्यान नदिइएको उल्लेख गरे ।

‘हामीले दुई तिहाई बहुमत हुँदा वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं,’ खनालले भने, ‘तर अहिले सरकारले सुधार गर्नुको सट्टा ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ। कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बेला उल्टै किसानले बजार नपाउने स्थिति छ।’

उनले भूमि सुधारमार्फत कृषिमा क्रान्ति गर्नुपर्नेमा सरकार उल्टै अध्यादेश ल्याएर अनियमितता गर्ने प्रयासमा रहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077