Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे स्वास्थ्यमन्त्री

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको अवस्थाबारे जानकारी लिएका छन् ।

पोखरामा आयोजित पर्यटन वर्ष उद्घाटन समारोहमा बेलुनमा लागेको आगोका कारण उनीहरु घाइते भएका थिए ।

अस्पतालमा उपचाररत घाइते नेताहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मन्त्री पौडेलले जलन उपचारलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले अस्पतालका चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पताल सेवाको निरीक्षणसमेत गरे ।

जलनपीडित जो-कोहीका लागि प्रभावकारी उपचार सुनिश्चित गर्न स्वास्थ्य सेवा विस्तार र सुधारमा मन्त्रालयले विशेष ध्यान दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077