Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

युक्रेन युद्ध अन्त्यतिर : ट्रम्प, पुटिन र जेलेन्स्कीबीच साउदीमा वार्ता हुने

युक्रेन युद्ध अन्त्यतिर : ट्रम्प, पुटिन र जेलेन्स्कीबीच साउदीमा वार्ता हुने

आइतवार , फाल्गुण ४, २०८१

एजेन्सी । रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासहित तीन देशका अधिकारीहरूबीच साउदी अरेबियामा वार्ता हुने भएको छ ।

वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की सहभागी हुने भएका हुन् ।

तर उनीहरूको वार्ताको मिति भने तय भएको छैन । तर, अमेरिका र रुसका अधिकारीहरू केही दिनभित्र साउदी अरेबियामा भेट्दैछन् ।

करिब तीन वर्षदेखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ताको वातावरण बनाउन उनीहरू साउदीमा भेट्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077