काठमाडौं। गृहमन्त्री रमेश लेखकले छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताएका छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन्।
आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए।
गृहमन्त्री लेखकले भने,‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ। त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो। जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सँधै लागि परेको छु।’
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए।
प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउने उनले बताए । आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डिआइजी भएको बताए।