Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राष्ट्रियसभा लक्षित पुनः ज्ञानेन्द्रको कटाक्ष - वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त ?

राष्ट्रियसभा लक्षित पुनः ज्ञानेन्द्रको कटाक्ष - वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त ?

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले फेरि राष्ट्रिय सभालाई ‘हरुवा-चरुवा भर्ती केन्द्र’को संज्ञा दिएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो ।

लगत्तै सामाजिक सञ्जालमार्फत् उनले वृद्धाश्रमलाई बाल आश्रम भन्नुपर्छ कि क्या हो ? भन्दै प्रतिक्रिया दिएका हुन् । उनले कटाक्ष गर्दै भने, “चुनाव हारेका हरुवा(चरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि, वृद्धाश्रमलाई बाल आश्रम भन्नुपर्छ कि क्या हो, सम्माननीय अध्यक्षज्यू ?”

उनले प्रत्यक्ष चुनावमा असफल भएकाहरूलाई राष्ट्रिय सभामा नियुक्त गर्ने परिपाटीले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने दाबी गरे । “मेरो विरोधमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्,” उनले थपे ।

शाहीले पराजित नेताहरूलाई जनताको बीचमा गएर जनादेश लिन आग्रह गर्दै भने, “हरुवा-चरुवा वृद्धाश्रममा जाने बाजे-बजेलाई आफ्ना नाति-नतिनासँग घरमै खेल्न भन्नुस् । तर राष्ट्रिय सभालाई युवाहरूको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077