काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटीले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने भएको छ ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको ताकेता र छलफलपछि यस्तो निर्णय भएको दूतावासले जनाएको हो ।
दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न भारत सरकारलाई तथा नेपाली विद्यार्थीलाई निकाल्ने निर्णय फिर्ता गर्न विश्वविद्यालयलाई अनुरोध गरेको छ।
दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय विदेश मन्त्रालयसँग र विश्वविद्यालयका अधिकारीसँग आज सोमबार नेपाली विद्यार्थीको सुरक्षाबारे चासो राखेको हो।
बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थी आन्दोलनमा छन्।
क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारी गरेको छ।
घटनापछि छात्रावासमा रहेका नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न प्रशासनले आदेश जारी गरेको थियो। यसप्रति नेपाली राजदूतावासले विरोध जनाएको छ।