Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो

क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो

मंगलवार , फाल्गुण ६, २०८१

एजेन्सी । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए।

विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो । अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकोले विमान पल्टिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077