Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रम्प र जेलेन्स्कीसँग फ्रान्सेली राष्ट्रपति म्याक्रोनको फोनवार्ता

ट्रम्प र जेलेन्स्कीसँग फ्रान्सेली राष्ट्रपति म्याक्रोनको फोनवार्ता

मंगलवार , फाल्गुण ६, २०८१

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका छन् ।

कुराकानीबारे सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिँदै राष्ट्रपति म्याक्रोनले आफूहरूले युक्रेनमा दिगो शान्ति चाहेको बताए ।

यसका लागि रुसले आक्रामकता त्याग्नुपर्ने उनको भनाइ छ ।

‘हामी युक्रेनमा दिगो शान्ति चाहन्छौं । यो हासिल गर्न रुसले आक्रामकता त्याग्नुपर्छ । युक्रेनी जनताको सुरक्षाको बलियो र विश्वसनीय ग्यारेन्टी हुनुपर्दछ। अन्यथा यो युद्धविराम मिन्स्क सम्झौताजस्तै टुङ्गिने खतरा छ', राष्ट्रपति म्याक्रोनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077