Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मुख्यमन्त्री शाह भन्छन् - म सँग काम गर्न असहज भए राजीनामा दिनू

मुख्यमन्त्री शाह भन्छन् - म सँग काम गर्न असहज भए राजीनामा दिनू

मंगलवार , फाल्गुण ६, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीलाई आफूसँग काम गर्न असहज भए राजीनाम दिन सुझाव दिएका छन्।

आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

उनले मन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिएर जान सुझाव दिए।

मुख्यमन्त्री शाहले भने, ‘विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला । मसँग कुनै मन्त्री र राज्यमन्त्री ज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ । कर्मचारीहरुलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ ।’

मुख्यमन्त्री शाहले प्रदेश सभा सदस्यहरूसँग छलफल गरेर अगामी वर्षको बजेट कसरी बनाउने भन्ने विषयमा छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077