Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । नेपाली विद्यार्थीलाई दूर्व्यवहार गर्ने भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्त भएका छन्।

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दूर्व्यवहार गरेपछि सुरक्षा अधिकारीलाई कारबाही गरिएको हो ।

केआईआईटीका रजिष्टारका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ।

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेको छ।

तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यस लगत्तै ठूला संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो।

विश्वविद्यालयकै कर्मचारी दूर्व्यवहार गरेको भिडियो पनि स्पष्ट देखिन्छ। विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै नेपाल र भारतमा चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो।

आलोचना र दबाब बढ्दै जान थालेपछि उक्त घटनालाई लिएर आज प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077