Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहिवार , फाल्गुण ८, २०८१

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्किंदै गरेको ना ४ ख ८८१७ नम्बरको खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो ।

दुर्घटनामा तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077