Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मह जोडीले भन्यो - हामीले धर्मको विरोध गरेका छैनौँ, भ्रामक प्रचारबाजी भयो

मह जोडीले भन्यो - हामीले धर्मको विरोध गरेका छैनौँ, भ्रामक प्रचारबाजी भयो

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले (मह जोडी)ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन्।

आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका हुन् । उनीहरुले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरे।

यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरे ।

आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो गरे।

आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077