Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत खतम हुन्छ : शेखर कोइराला

चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत खतम हुन्छ : शेखर कोइराला

बिहिवार , फाल्गुण ८, २०८१

सुर्खेत। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत खतम हुने बताएका छन्।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो कुरा बताएका हुन्। उनले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् ।

नेता कोइरालाले भने,‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु। महाधिवेशन समयमै गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ।’

उनले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत समेत गरे। अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उनले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए।

सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए। अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उनले तर त्यो कार्यान्वयन नभएको उनले बताए।

उनले पछिल्लो समय दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने प्रसङ्गप्रति सहमति समेत जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077