Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आन्दोलन नगरी राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन : घनश्याम भुसाल

आन्दोलन नगरी राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन : घनश्याम भुसाल

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन नसकिने बताएका छन्।

आजदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै महासचिव भुसालले सो कुरा बताएका हुन्।

एकीकृत समाजवादी अहिले नै राष्ट्रव्यापी आन्दोलनको हावा हुरी ल्याउन सक्ने अवस्था नरहेको उनले बताए।

पहिलो चरणमा आफूहरूले आन्दोलनलाई राष्ट्रिय बनाउन सम्पूर्ण तागत लगाउनुपर्नेमा महासचिव भुसालले जोड दिएका छन् ।

आगामी एक वर्षभित्र आफ्ना एजेण्डालाई राष्ट्रिय राजनीतिका एजेण्डाका रूपमा स्थापित गर्ने गरी तयारी अघि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077