Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

निजामती सेवा विधेयकमाथि छलफल संसदीय उपसमिति गठन

निजामती सेवा विधेयकमाथि छलफल संसदीय उपसमिति गठन

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं। संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न संसदीय उपसमिति गठन गरेको छ ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो।

उपसमितिको सदस्‍यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने र चन्दा कार्की भण्डारी रहेका छन् ।

त्यस्तै, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077