मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन्।
विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
उनले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प आफूले कल्पनासमेत गर्न नसक्ने बताए ।
महामन्त्री थापाले राजसंस्थाको बहसमै आफूले भाग लिन नचाहेको उल्लेख गरे ।
पूर्वराजाले हालै प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्तिलाई लिएर कुनै कदम चाल्नु आवश्यक नरहेको महामन्त्री थापाको भनाइ छ ।
प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति नभएर सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने टिप्पणी गरे ।