झापा । नेकपा (माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल 'प्रचण्ड' र काँग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको दाबी गरेका छन् ।
झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यस्तो दाबी गरेका हुन् ।
उनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए ।
कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रुपमा स्थापित भएको उल्लेख गरे ।