Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतले भन्यो - प्रकृतिको निधनप्रति अत्यन्तै दुखी छौँ, नेपाली विद्यार्थीको सुरक्षा गर्छौँ

भारतले भन्यो - प्रकृतिको निधनप्रति अत्यन्तै दुखी छौँ, नेपाली विद्यार्थीको सुरक्षा गर्छौँ

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । भारतले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भुवनेश्वरको केआईआइटी विश्वविद्यालमा भएको नेपाली छात्राको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

“भारतमा रहेका सबै नेपाली विद्यार्थीको सुरक्षा र हितको लागि आवश्यक सम्पूर्ण कदम चाल्न भारत सरकार तयार छ,” उनले भने । भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिने उनले जनाए ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु सम्बन्धमा विदेश मन्त्रालय उडिसा सरकार, केआईआईटी अधिकारी र नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।

“आरोपितलाई पक्राउ गरिएको छ । अनुसन्धान अघि बढेको छ । छानविनको लागि ओडिसा सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल विद्यार्थीलाई फर्कन अनुरोध गरिसकिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने ।

गत फागुन ४ गते केआईआईटी विश्वविद्यालयमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले रहस्यमय मृत्युवरण गरेकी थिइन् भने अन्य विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077