Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

उपेन्द्रले एक्लौटी रुपमा पार्टी चलाएपछि हामी अलग भयौं : अशोक राई

उपेन्द्रले एक्लौटी रुपमा पार्टी चलाएपछि हामी अलग भयौं : अशोक राई

शनिवार , फाल्गुण १०, २०८१

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईलेले, उपेन्द्र यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पणी गरेका छन् ।

जनकपुरधाममा चलेको जसपाको मधेश प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै अध्यक्ष राईलेले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए।

उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, बैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए ।

अध्यक्ष राईले अन्यायमा परेका सबै उत्पीडित जनतालाई न्याय दिलाउन पनि जसपा पुनर्गठित गरेको बताए ।

उनले कुनै किसिमको अन्यौलमा नबसी उत्साहका साथ जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077