Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ ।

काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले आत्मकथा लोकार्पण गरेका हुन्।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औं वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकको लोकार्पण समारोह आयोजना गरिएको थियो ।

समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्ति सहभागी थिए ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077