Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

देश बचाउन राजा र जनताको साझेदारी आवश्यक : कमल थापा

देश बचाउन राजा र जनताको साझेदारी आवश्यक : कमल थापा

शनिवार , फाल्गुण १०, २०८१

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन् ।

शुक्रबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले राजा र जनताको साझेदारी विना देश बचाउन कठिन हुने बताए । अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।

‘विदेशीहरूको ठुलो चलखेलले अहिले देशमा आर्थिक संकट उत्पन्न भएको छ,’ उनले भने, ‘यस्तो हुँदा समेत दलहरू विभाजित भएर एक–अर्कालाई आरोप प्रत्यारोप लगाएर बसेका छन् । यो स्वभाबिक होइन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077