काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार राती आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
प्रहरीका अनुसार झडपमा पाँच नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएका हन् । राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।
नो केबलकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए ।
सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।