Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत छन् : अग्निप्रसाद सापकोटा

प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत छन् : अग्निप्रसाद सापकोटा

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन्।

काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् ।

उनले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाए।

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे।

सरकारकै कारण २३ दिनसम्म संसद कामबिहीन भएको उपाध्यक्ष सापकोटाले बताए।

उपाध्यक्ष सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पुरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077