काठमाडौं । गृह मन्त्रालयले दलितमाथि हुने भेदभाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको हो ।
उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताए ।
‘दलित समुदायका व्यक्तिहरूकोसमेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रूपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्याउन परिपत्र गरिएको बताइएको छ ।