काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे छलफल हुने बताइएको छ ।
सरकारको निर्देशन नमानेको भन्दै घिसिङविरुद्ध सरकार रुष्ट छ ।