Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१० दिनदेखि साउदीमा ‘ग्राउन्डेड’ निगमको जहाज ८७ यात्रुसहित काठमाडौंमा

१० दिनदेखि साउदीमा ‘ग्राउन्डेड’ निगमको जहाज ८७ यात्रुसहित काठमाडौंमा

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । साउदी अरबको दम्माममा प्रविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज काठमाडौं अवतरण भएको छ ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको उक्त जहाज आज बिहान १०ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

मर्मतपछि ८७ यात्रु लिएर काठमाडौं आएको एकेएक्स जहाज बेलुका मलेसियाको क्वालालम्पुर जाने तालिका रहेको निगमले जनाएको छ ।

गत शनिबार साउदीको दम्माम गएको उक्त जहाज गत आइतबार काठमाडौं फर्कनुअघि प्राविधि जाँच हुँदा ‘नोज ल्यान्डिङ गियर’ मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो । आवश्यक मर्मतपछि जहाज आज काठमाडौं फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077