Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अब भ्रष्ट नेताहरूलाई राज्यबाट अलग गर्नुपर्छ : धवल शम्शेर राणा

अब भ्रष्ट नेताहरूलाई राज्यबाट अलग गर्नुपर्छ : धवल शम्शेर राणा

मंगलवार , फाल्गुण १३, २०८१

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले अब भ्रष्ट नेताहरूलाई राज्यबाट अलग गर्नुपर्ने बताएका छन् ।

मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले यस्तो बताएका हुन् ।

राणाले सहकारी ठगीका कारण लाखौं जनता पीडित बनेको उल्लेख गर्दै भ्रष्टाचारी नेताहरूमाथि कडा कारबाहीको माग गरे।

‘कलकारखाना बन्द छन्, युवाहरू बेरोजगार बनेका छन्। सहकारी ठगीका कारण लाखौं नेपालीको उठिबास भएको छ। अब भ्रष्ट नेताहरूलाई राज्यबाट अलग गर्नुपर्छ,’ उनले चेतावनी दिए ।

साथै उनले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताए । यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077