Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कार्यव्यस्तताले खेल हेर्न जान सकिनँ, छोरीहरूको खेल राम्रो थियो : प्रधानमन्त्री ओली

कार्यव्यस्तताले खेल हेर्न जान सकिनँ, छोरीहरूको खेल राम्रो थियो : प्रधानमन्त्री ओली

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेको बताएका छन् ।

बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै खेल हेर्न पुग्न नसकेको जानकारी दिएका हुन् ।

‘कार्यव्यस्तताले आज नेपाल र म्यानमार बिच भइरहेको खेल हेर्न जान पाएको थिइनँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्,‘केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ।’

नेपाली खेलाडीको खेल राम्रो रहेको पनि प्रधानमन्त्री ओलीले लेखेका छन् । ‘छोरीहरूको खेल राम्रो थियो। भविष्यमा हामी जित्ने नै छौँ,’ उनले लेखेका छन्। नेपाल फाइनल जित्न चुक्दा उपाधिबाट वञ्चित हुँदै उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077