काठमाडौं । सरकारले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोका पीएसओलाई फिर्ता बोलाएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले आफ्नो पीएसओलाई बिना कारण सरकारले फिर्ता बोलाएको आरोप लगाएका हुन् ।
अध्यक्ष महतोले ‘मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?’ उनले मुकुमलुङ घटनाबारे छानबिन हुनुपर्ने समेत माग गरे।
नेपाली सेनाले समयमै मुकुमलुङ घटना बारे सरकारलाई सचेत गराएको भन्दै उनले सेना धन्यवादको पात्र रहेको बताए ।
उनले प्रहरीको संरक्षणमा आफू र आफ्ना पार्टीका कार्यकर्तामाथि ताप्लेजुङमा कुटपिट भएको आरोप लगाउँदै त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।