Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तीन किलो सुनसहित विमानस्थलबाट ४ विदेशी नागरिक पक्राउ

तीन किलो सुनसहित विमानस्थलबाट ४ विदेशी नागरिक पक्राउ

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलोभन्दा बढी सुनसहित चारजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार गएराति सुनसहित चारजना उज्वेकिस्तानका नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीया मारिफालिभा लिलफुजा र ४१ वर्षका तुरसुनोभ सारदोर छन् । उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077