Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कमल थापा भन्छन् - राजाले त्याग गर्न तयार छु भन्दा पनि हामी एक ठाउँ उभिन नसक्नु दुर्भाग्य

कमल थापा भन्छन् - राजाले त्याग गर्न तयार छु भन्दा पनि हामी एक ठाउँ उभिन नसक्नु दुर्भाग्य

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाले त्याग गर्न तयार छु भन्दा पनि एक ठाउँ उभिन नसक्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

'राजा स्वयंले देशलाई संकटबाट मुक्त तुल्याउन म जुनसुकै त्याग गर्न तयार छु तथा मलाई साथ दिनुहोस् भनि आह्वान गरेको बेलामा पनि हामी राजावादी, हिन्दूवादी, राष्ट्रवादी भन्नेहरू एक ठाउँमा उभिन नसक्नु र एकढिक्का भएर राजालाई सहयोग गर्न तयार छौँ भन्न नसक्नु दुर्भाग्यपूर्ण छ,' उनले उल्लेख गरेका छन् ।

उनले थप प्रश्न गरेका छन्, 'हामी एक हुन सक्दैनौँ भने अरुलाई के भन्ने ?' यसअघि पूर्वराजा ज्ञानेन्द्रले देश बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077