Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड

बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड

शुक्रवार , फाल्गुण १६, २०८१

सप्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिचौलियाको साँठगाँठमा सरकारले मलको कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन्।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ को तोप भन्ने ठाउँमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाए।

उनले भने, ‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन। तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’

उनले यसविरुद्ध आवाज उठाउने र समस्या समाधानको पहल गर्ने उनले आश्वासन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077