Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रम्प र जेलेन्स्कीबीच वार्तामै भनाभन, खनिज सम्झौता रोकियो !

ट्रम्प र जेलेन्स्कीबीच वार्तामै भनाभन, खनिज सम्झौता रोकियो !

शनिवार , फाल्गुण १७, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै विवाद भएको छ ।

ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि तनावपूर्ण स्थिति बनेको हो।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो।

भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।

अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ । खनिज सम्झौता अहिले नहुने भएको छ। यता ट्रम्पले जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077