काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले छिमेकसँग सम्बन्ध बिग्रँदा दुःख पाइने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको तिक्ततापूर्ण वार्ताबारे महासचिव पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।
छिमेकसँग सम्बन्ध बिग्रँदा दुःख पाइनेरहेछ भन्ने महसुस भएको उनले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीचको वार्ताको चर्चाका बीच महासचिव पोखरेलले फेसबुकमा एक सन्देश पोस्ट गर्दै हरेक देशले आफ्नो छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने टिप्पणी गरे।
महासचिव पोखरेलले लेखेका छन्,‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।’
शान्ति र स्थायित्वका लागि हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै पोखरेलले एशियाली देशरहूले आपसी सम्बन्ध विकासमा जोड दिनुपर्ने बताए ।