Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रिंकुको घरमै पुगेर प्रचण्डले दिए न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता

रिंकुको घरमै पुगेर प्रचण्डले दिए न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिंकुकुमारी सदायको घरमा पुगेका छन् ।

अध्यक्ष प्रचण्डले रिङ्कुको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु शनिबार बिहान रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

१७ वर्षीय रिंकुमाथि सामूहिक बलात्कारको घटनामा उनलाई न्याय दिनुको सट्टा स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजिएको भनिएको छ।

त्यसपछि रिंकु मृत भेटिएकी थिइन्। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरीलाई आग्रह गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077