Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

युवा जनशक्तिको पलायन देशका लागि चिन्ताको विषय हो : राष्ट्रपति पौडेल

युवा जनशक्तिको पलायन देशका लागि चिन्ताको विषय हो : राष्ट्रपति पौडेल

शनिवार , फाल्गुण १७, २०८१

कास्की । राष्ट्रपति रामचन्द्र पौडेलले युवा जनशक्तिको पलायन रोक्नुपर्ने बताएका छन् ।

श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सवको उदघाट्न समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

उनले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरे ।

उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए ।

राष्ट्रपति पौडेलले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077