Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

माओवादीले मात्रै मधेसका समस्या समाधान गर्नसक्छ : प्रचण्ड

माओवादीले मात्रै मधेसका समस्या समाधान गर्नसक्छ : प्रचण्ड

शनिवार , फाल्गुण १७, २०८१

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् ।

सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको बताए।

उनले मधेसको समस्याको समाधान माओवादीले मात्रै गर्नसक्ने दाबी गरे। मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेको अध्यक्ष प्रचण्डले आरोप लगाए।

मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रूपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077