Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हामीमा अहंकार पलाउँदा माओवादी कमजोर भयो : प्रचण्ड

हामीमा अहंकार पलाउँदा माओवादी कमजोर भयो : प्रचण्ड

शनिवार , फाल्गुण १७, २०८१

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेताहरूको अहंकारका कारण पार्टी कमजोर बनेको दाबी गरेका छन् ।

जनजागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादीमा २०६४ को विजयबाट अहंकार पलाउनुका साथै देशी/विदेशी तत्वहरूले पनि षड्यन्त्र गरेर कमजोर बनाएको आरोप लगाए ।

'हामीमा अहंकार पलायो, हामीविरुद्ध षड्यन्त्र पनि भयो । तर, अब हामी सच्चिएर अगाडि बढेका छौं,' उनले भने ।

देशमा माओवादी कमजोर हुँदा अहिले सरकारमा भएका दलहरूले प्राप्त उपलब्धि नै खत्तम पार्न कुचेष्टा गर्ने गरेको भन्दै माओवादी फेरि २०६४ मै फर्किने दाबी उनले गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077