Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गगन थापाको दाबी - गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ

गगन थापाको दाबी - गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ

शनिवार , फाल्गुण १७, २०८१

बाँके । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागर नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा बाँकेमा आयोजित ‘संविधान संशोधन स् आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस र एमाले गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन केन्द्रित रहेको धारणा राखे ।

संविधान घोषणासँगै कतिपय नीति, नियमका कारण कार्यसम्पादनका क्रममा असहजता भएको भन्दै सहमति र सहकार्यका आधारमा समयसापेक्ष रूपमा संविधान संशोधन हुने उनले बताए ।

संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077