एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बेलायत पुगेका छन् । रुस-युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि उनी बेलायत पुगेका हुन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले इङ्गल्याण्डको १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई बेलायतको पूर्ण समर्थन रहेको बताएका छन्।
बेलायत पुगेपछि जेलेन्स्कीले केयर स्टारमरलाई उनी आफ्नो देशले यस्ता साथीहरू पाएकोमा खुसी भएको बताए । जेलेन्स्कीले यस युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई धन्यवाद पनि दिएका छन्।
जेलेन्स्की र केयर स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउण्ड ऋणमा पनि हस्ताक्षर गरेका छन्।