Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजान सुरु

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।

रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को अजान सुनेर खोल्ने चलन छ।

निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्।

उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077