Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्पतालमा स्वास्थ्य बिमाको औषधि अनिवार्य राख्नु, छैन भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

अस्पतालमा स्वास्थ्य बिमाको औषधि अनिवार्य राख्नु, छैन भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

आइतवार , फाल्गुण १८, २०८१

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् ।

इलाम अस्पतालको आज अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए ।

उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो”, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए ।

सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077