Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राष्ट्रिय सभाबाट चार विधेयक पारित

राष्ट्रिय सभाबाट चार विधेयक पारित

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित भएका छन्।

आज बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको हो । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो ।

अब यो विधेयक प्रतिनिधि सभामा जानेछ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् ।

यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।

प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077