Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्रम्पले अमेरिकामा दिए अंग्रेजीलाई राष्ट्रिय भाषाको मान्यता

ट्रम्पले अमेरिकामा दिए अंग्रेजीलाई राष्ट्रिय भाषाको मान्यता

सोमवार , फाल्गुण १९, २०८१

एजेन्सी । अंग्रेजी भाषालाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषाको मान्यता दिइएको छ । शनिबार राष्ट्रपति डोनाल्ड जे ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

अमेरिकाको इतिहासमा पहिलो पटक कुनै एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिइएको हो।

अब अमेरिकाको केन्द्रीय प्रशासनिक निकायहरूलाई सेवा प्रवाहमा अंग्रेजी बाहेक अन्य भाषामा सेवा उपलब्ध गराउने वा नगराउने बारे छनौटको अधिकार प्रदान गरेको छ।

संघीय अनुदान प्राप्त गर्ने सरकारी एजेन्सी र संगठनहरूलाई अंग्रेजी बाहेक अन्य भाषामा कागजात तयार पार्ने वा नपार्ने छनौटको सुविधा प्राप्त भएको छ। अंग्रेजीबाहेक अन्य भाषामा कागजात र सेवा प्रदान गर्न पूर्णतः रोक भने नलगाइएको ह्वाइट हाउसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077