काठमाडौं । पूर्वयुवराज पारस शाह बिरामी परेका छन् ।
शाहलाई हृदयाघात भएपछि आइतबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।
अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पारसको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उनी खतरामुक्त रहेको बताइएको छ ।