Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।

गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो ।

गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए । बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले आज सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077