Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

टिकाथलीमा बोरिङ गर्ने क्रममा निस्केको आगो नियन्त्रणमा

टिकाथलीमा बोरिङ गर्ने क्रममा निस्केको आगो नियन्त्रणमा

मंगलवार , फाल्गुण २०, २०८१

ललितपुर। टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको हो ।

बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो ।

पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077