Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली

चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन नपाईने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाए।

प्रधानमन्त्री ओलीले भने,‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन् । फरक होइनन्।’

उनले नर्सहरू पनि श्रमिक भएकाले न्यूनतम तलब सबैले पाउनुपर्ने भनाइ राखे।

देशमा अहिले समस्या नै नभएको अवस्था नरहेको जिकिर गर्दै उनले समानता र समाजवादको विकसित रुप आइनसकेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077