Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीबाटै लुटिए डेढ अर्ब बढी लेनदेन गर्ने 'क्रिप्टो कारोबारी', यसरी खुल्यो रहस्य !

प्रहरीबाटै लुटिए डेढ अर्ब बढी लेनदेन गर्ने 'क्रिप्टो कारोबारी', यसरी खुल्यो रहस्य !

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारीलाई लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा तीन प्रहरीसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन् ।

त्यस्तै मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनिष कुमार राय रहेका छन् । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ ।

यस्तै क्रिप्टो कारोबारी धादिङका रोशन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट २ लाख ५९ हजार बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशनले एक अर्व ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टोको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ।

क्रिप्टो कारोबारीको गोप्य सूचनाको आधारमा प्रहरीले टोखा ग्रिन्ल्यान्ड बस्ने गुरुङलाई पक्राउ गरी सोधपुछ गर्दा आफूहरूलाई प्रहरी बताउने ६ जनाले १४ लाख नगद लुटेर लगेको बताएका थिए।

उनीहरू हतकडीसहित आएको गुरुङले प्रहरीलाई बयान दिएका थिए । पक्राउ परेका सात जनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077