Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कुलमानले शून्य अङ्क पाएकोबारे सरकारलाई जवाफ दिन सभामुख घिमिरेको निर्देशन

कुलमानले शून्य अङ्क पाएकोबारे सरकारलाई जवाफ दिन सभामुख घिमिरेको निर्देशन

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिएकोबारे सरकारलाई जवाफ दिन निर्देशन दिएका छन् ।

बुधवार बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ माग गर्दै रुलिङ गर्न आग्रह गरेपछि सभामुख घिमिरेले उक्त निर्देशन दिएका हुन्।

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ माग गर्दै रुलिङ गर्न सभामुखसँग आग्रह गरेका थिए ।

त्यसपछि सभामुखले विपक्षीहरूले उठाएको विषयबारे जवाफ दिन सरकारलाई निर्देशन दिए ।

सभामुखले निर्देश गर्नु अगाडि प्रमुख प्रतिपक्षी माअ‍ोवादी केन्द्र, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए ।

साथै घिसिङले कार्य सम्पादन मूल्यांकनमा शून्य अंक पाएको भनेर सरकारसँग जवाफ माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077